चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् बजार घट्दा पनि उच्च दरमा कमाउनेहरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् बजार घट्दा पनि उच्च दरमा कमाउनेहरु



काठमाडौं । आइतबार चार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

साताको पहिलो कारोबार दिन रिभरफल्स पावर, हिमालयन, रावा इनर्जी र इस्टन हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
उक्त दिन रिभर फल्सको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ४९.५० रुपैयाँ वृद्धि भई ५४४.४० रुपैयाँ पुगेको छ।

यस्तै, हिमालयन हाइड्रोपावरको पनि प्रतिकित्ता ४२.५० रुपैयाँ वृद्धि भई ४६७.५० रुपैयाँ रावा इनर्जीको प्रतिकित्ता ६६ रुपैयाँ वृद्धि भई ७२६ रुपैयाँ र इस्टनको प्रतिकित्ता ७४.६० रुपैयाँ वृद्धि भई ८२१.५० रुपैयाँ पुगेको छ ।

उक्त दिन ते्रहथुप पावरको सेयर मूल्य ८.८३ प्रतिशत, बलेफीको ७.६०, भिजन लुम्बिनीको ६.६१ प्रतिशत बढेको छ।

आज बजारमा ५० अंकको गिरावट आउँदा पनि एशियन हाइड्रोपावर, सृजनशील लघुवित्त, मेगा म्युचुअल फन्ड लगायतका लगानीकर्ता मालामाल बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्