आँखुखोला जलविद्युतले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी कात्तिक १२ गते वैभव पार्टी प्यालेस, मैतिदेवी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यस वर्ष कम्पनीले सेयरधनीको हात रित्तो बनाएको छ ।
साधारणसभा प्रयोजनार्थ यसले कात्तिक ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ,कात्तिक ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।













