लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८ औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा आगामी मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ। यस अनुसार मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्