सानिमा बैंकको लाभांश आज पारित हुँदै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सानिमा बैंकको लाभांश आज पारित हुँदै



काठमाडौं । सानिमा बैंक लिमिटेडले साधारण सभा आज बस्दै छ । बैंकके २०औँ वार्षिक साधारण सभा बस्दैछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण प्रस्ताव गरेको छ । सभामा सोही प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गरेको छ ।


प्रतिक्रिया दिनुहोस्