नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १० गते बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले लाभांश प्रस्ताव पारित गर्न आगामी मंसिर २७ गते ४० औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्