सेयरधनीको हात रित्तो बनाएको निफ्राले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सेयरधनीको हात रित्तो बनाएको निफ्राले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?



काठमाडौं । यो वर्ष सेयरधनीको हात रित्तो बनाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी पुस ४ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कार्की ब्यांक्वेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन् ।
तर, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सोही सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने पारिश्रमिक निर्धारण गनेृ प्रस्ताव पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्