२५ भदौ २०८३, बिहिबार

दुई दिनको गिरावटपछि सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो



काठमाडौं । लगातर दुई घटेको सेयरमा बढोत्तरी आएको छ । सोमबार बजार दोहोरो अंकले वृद्धि भएको हो ।

गत बिहीबार ८.३० अंक र हिजो अर्थात् आइतबार ९.९९ अंकले घटेको थियो । तर, आज भने बजार १९.९७ अंकले वृद्धि भएको छ ।

साताको दोस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७५८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सो दिन बैंकिङ समूह ८.६९ अंक, विकास बैंक १०५.८१, फाइनान्स ६९.६३ र अन्य समूह सूचक ७.४४ अंकले घटेको छ । तर, यी बाहेकका अरु समूह भने हरियाली बनेका छन् ।

बजारसँगै कारोबार रकमा पनि बढोत्तरी नै देखिएको छ । आज १० अर्ब ५४ करोड १७ लाख बढीको सेयर किनबेच भएको छ।

उक्त दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर किनबेच भएको छ । कम्पनीको आज ५९ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।


यस्तै, ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख, जानकी फाइनान्सको २७ करोड ५१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड २४ लाख, एक्सेल डेभलपमेन्ट बैंकको २१ करोड ७१ लाख, लुम्बिनी विकास बैंकको २१ करोड २ लाख र मितेरी डेभलपमेन्टको २० करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।