आज सातवटै प्रदेशले नयाँ बजेट ल्याउँदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज सातवटै प्रदेशले नयाँ बजेट ल्याउँदै



काठमाडौं । देशका सातवटै प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट प्रस्तुत गर्दैछन् ।

सातै प्रदेशका आर्थिक मामिला सम्बन्धी मन्त्रीहरूले आ–आफ्नो प्रदेशसभामा बजेट सार्वजनिक गर्ने तयारीमा छन् ।

संविधानअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्छ ।

बागमती प्रदेशले गत वर्ष ६२ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । बागमतीले बजेट प्रस्तुत गर्ने कार्यक्रम आज दिउँसो ३ बजे तय गरिएको छ ।

यस्तै, गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

त्यस्तै, लुम्बिनी प्रदेशले अघिल्लो आर्थिक वर्षमा ४० अर्ब ४७ करोड, मधेश प्रदेशले ४४ अर्ब ११ करोड र सुदूरपश्चिमले गत वर्ष २९ अर्ब २६ करोडको बजेट ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस्