आज फेरि थप ६० अर्ब रुपैयाँ खिच्दै केन्द्रिय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले ४२ दिन अवधिका लागि निक्षेप संकलनको बोलकबोल आह्वान गरेको हो।
यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन् । बोलकबोल आजै (जेठ ८ गते) आइतबार दिउँसो ३ बजे हुनेछ ।
संस्थाहरूले बोलकबोलमा न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म रकम राख्न सक्नेछन् । यसको सावाँ तथा ब्याज साउन १८ गते भुक्तानी हुनेछ । ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ ।














