टाटा ह्यारियर ईभीको उत्पादन सुरु, कस्तो छ यसै वर्ष नेपाल भित्रिन लागेको इलेक्ट्रिक एसयुभी ?
काठमाडमाैं । भरतको प्रमुख कार निर्माता कम्पनी टाटा मोटर्सले हालै सार्वजनिक गरेको नयाँ ह्यारियर ईभीको उत्पादन सुरु गरिसकेको छ। कम्पनीको पुनेस्थित प्लान्टमा नयाँ ह्यारियर ईभीको उत्पादन भइरहेको छ ।
अब यो इलेक्ट्रिक एसयुभी छिट्टै देशभरिका अधिकृत डिलरशिपहरूमा पुग्ने अपेक्षा गरिएको छ। यसको डेलिभरी यसै महिनाभित्र सुरु हुने कम्पनीले जनाएको छ।
टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी, हरियर ईभीको बुकिङ सुरु गरेको पहिलो दिनमै १०,००० युनिट बुकिङ भएको घोषणा गरेको छ।
ह्यारियर ईभी टाटाको एक्टि डट ईभी प्लस नामक उन्नत इलेक्ट्रिक प्लेटफर्ममा आधारित छ। यो प्लेटफर्म कम्पनीको पेट्रोल–डिजेल संस्करण जस्तै देखिए पनि पूर्णतः इभीका लागि डिजाइन गरिएको हो।
यसमा रियर–व्हील ड्राइभ (आरडब्लुडी) र क्वाड–व्हील ड्राइभ (क्युडब्लुडी) दुई प्रकारका ड्राइभट्रेन विकल्पहरू उपलब्ध छन् । क्युडब्लुडी प्रणालीले कठिन सडक तथा अफ–रोड अवस्थाहरूमा समेत उत्कृष्ट नियन्त्रण प्रदान गर्छ।
आरडब्लुडी संस्करणले २३५ बिएचपी पावर र ३१५ एनएम टर्क उत्पादन गर्छ, जुन दैनिक सवारीका लागि पर्याप्त शक्तिशाली मानिन्छ। अर्कोतर्फ, क्युडिडब्लु संस्करण अझ थप शक्तिशाली छ, जसले ३९१ बिएचपी पावर र ५०४ एनएम टर्क प्रदान गर्छ, जुन अफ–रोड वा उच्च प्रदर्शन आवश्यक पर्ने परिस्थितिमा उपयोगी हुन्छ।
यस गाडीमा दुई प्रकारका ब्याट्री विकल्पहरू उपलब्ध छन्। पहिलो, प्रतिघण्टा ६५ किलोवाट क्षमताको ब्याट्री, जसले एकपटक चार्ज गर्दा ५३८ किमीको यात्रा दूरी प्रदान गर्छ।
दोस्रो, ठूलो प्रतिघण्टा ७५ किलोवाट ब्याट्री हो, जसले आरडिडब्लु संस्करणमा ६२७ किमी रक्युडिडब्लु संस्करणमा ६२२ किमीको एमआइडिसी प्रमाणित रेन्ज दिन्छ। यी विकल्पहरूले प्रयोगकर्तालाई आवश्यकतानुसार गाडी छान्ने लचिलोपन प्रदान गर्छ।
टाटा ह्यारियर ईभीमा थुप्रै भविष्यमुखी प्रविधिहरू समावेश गरिएको छ। यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सामसङको नियो क्युएलइडी स्क्रिन (हरमन सँग मिलेर विकास गरिएको), र डल्बी एटमसद्वारा सुसज्जित अडियो सिस्टम छ।
गाडीमा ५४०–डिग्री क्यामेरा, डिजिटल इनसाइड रियर भ्यू मिरर र ट्रान्सपेरेन्ट हुड भ्यु जस्ता फिचरहरू पनि छन्, जसले अफ–रोड वा साँघुरा ठाउँमा गाडी चलाउन सहज बनाउँछ।
ह्यारियर ईभी नैनीताल नोक्टर्न, एम्पावर्ड अक्साइड, प्रिस्टिन ह्वाइट र प्योर ग्रे चार रङका विकल्पहरू उपलब्ध हुनेछ ।
यसका साथै, कम्पनीले सुरुआती चरणमै “स्टेल्थ एडिसन“ नामक सम्पूर्ण कालो संस्करण सार्वजनिक गरेको छ, जसले गाडीलाई थप स्पोर्टी र आक्रामक लुक प्रदान गर्छ।
यसै वर्ष नेपाल भित्रिने
टाटा मोटर्सले हालै सार्वजनिक गरेको इलेक्ट्रिक एसयुभी ह्यारियर ईभी भारतमा अत्यन्त लोकप्रिय बन्दै गएको छ, जसको पहिलो दिनमै १०,००० युनिट बुकिङ भएको थियो।
उत्पादन प्रक्रिया सुरु भइसकेको र डेलिभरी छिट्टै सुरु हुने घोषणा भएसँगै, यसले नेपाली बजारमा पनि छिट्टै प्रवेश गर्ने संकेत देखिएको छ।
यो गाडी यसै वर्षको भदौमा आयोजना हुने नाडा अटो सोमा सार्वजनिक हुने छ भने नेपालका लागि टाटाको आदिकारीक बिक्रेता सिप्रदि ट्रेडिङले उक्त गाडी भित्र्याउने तयारी गरिरहेको छ ।
नेपालमा इलेक्ट्रिक गाडीको माग तीव्र गतिमा बढिरहेको र टाटा ब्रान्डप्रति विश्वास बढ्दो क्रममा रहेको सन्दर्भमा, ह्यारियर ईभी पनि यहाँको बजारमा लोकप्रिय हुने अपेक्षा गरिएको छ।













