१ आश्विन २०८३, बिहिबार

सानिमा बैंक र फोनपेसँगको सहकार्य, अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा संचालनमा



काठमाडौं । सानिमा बैंकले अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा संचालनमा ल्याएको छ । फोनपेसँगको सहकार्यमा बैंकले यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिने छ ।

यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ ।

साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क-विदेशी मुद्रा सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।