नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै नेपालको लागि नयाँ फोर्थिङ ईभी
काठमाडौं। नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन ९ईभी० बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।
नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्णकदम मानिएको छ। फोर्थिङको पहिलो मोडल नेपाली बजारमा श्रावन २१ देखि२५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्तातथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी नाइमा मोबिलिटी एक्सपो २०२५ मार्फत सार्वजनिक गरिनेछ।
लक्ष्मी ग्रुप सन् १९७३ देखिनेपालमा व्यापारिक गतिविधिगर्दैआएको बहुआयामी र पुरानो व्यापारिक घराना हो । देशको अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको छ। लक्ष्मी ग्रुपले विगतका दशकहरूमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थितिविस्तार गर्दै हुण्डाई, बिएमब्लु, काई, एसएमएल इसुजु जस्ता विश्वविख्यात ब्रान्डहरू मार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स वितरण गर्दैआएको छ। अब यसै यात्रामा फोर्थिङ पनिथपिन लागेको छ।
सन् २०२४ को मे महिनामा, लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर-ह्वीलर गाडी एसेंब्ली प्लान्ट, लक्षमी मोटर्स कर्पोरेशन रामग्राम, परासी (नवलपरासी) मा सञ्चालनमा ल्याएको छ। हुण्डाई गाडीहरूका लागिबनाइएको यो अत्याधुनिक एसेंब्ली प्लान्टले नेपालको अटोमोबाइल औद्योगिकीकरणमा ऐतिहासिक फड्को मारेको छ। लक्ष्मी समूह यस्तो सुविधा सञ्चालन गर्नेपहिलो नेपाली समूह बनेको छ।
त्यसैगरी, ग्राहकको सहजता र ईभी पूर्वाधार सुदृढ पार्नलक्ष्मी समूहले रिल्याक्स नामक ६३ भन्दा बढी रिचार्जनेटवर्कर रिपेयर स्टेसनहरूको सञ्जाल देशभर फैलाएको छ, जसले नेपालमा इलेक्ट्रिक गाडी प्रयोगलाई थप सरल र भरपर्दोबनाएको छ।
विश्वव्यापी रूपमा स्मार्टडिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयुभीसँग आफ्नो सुरुवात गर्दैछ। यो गाडीले प्रदर्शन, प्रविधिर आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ।
गाडीको औपचारिक उद्घाटन नाइमा एक्पोमा गर्नेकम्पनीको योजना छ, र शोको लागिस्टल नम्बर ए ४ मा पाल्नुहुन कम्पनीको अनुरोध छ । ६४.४ किलोवाटर आवर ब्याट्री, ९९ किलोवाट मोटर पावरसहितको यो एसयुभीले ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्नसक्ने अनुमान गरिएको छ, जसले गर्दायो सहर भित्रको यात्रादेखिलामो दूरीका लागिसमेत उपयुक्त विकल्प बन्छ। पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र छरितो ड्राइभिङ अनुभव दिनेछ भने भित्री डिजाइनमा आराम, प्रयोग सहजता र स्मार्टप्रविधिलाई विशेष ध्यान दिइएको छ।
‘फोर्थिङ केवल गाडी होइन, यो भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो,’ लक्ष्मी ई-मोबिलिटीका प्रवक्ताले भने। “हामी नेपाली उपभोक्तालाई विश्वस्तरीय इलेक्ट्रिक प्रविधिमा पहुँच दिने लक्ष्यसहित फोर्थिङको ब्रान्ड ल्याउँदैछौं, त्यो पनिलक्ष्मीको विश्वासिलो इतिहासको साथ।”
नाइमा २०२५ नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी बन्ने लक्ष्यका साथ आयोजना हुँदैछ। यस वर्षको मुख्य आकर्षण भनेको इलेक्ट्रिक मोबिलिटी, स्मार्टट्रान्सपोर्टप्रणालीहरू र दिगो सवारी भविष्यतर्फको नेपालकै यात्रा हुनेछ। विश्वस्तरीय गाडी निर्माता कम्पनीहरूदेखिसफा ऊर्जाप्रविधिमा काम गर्नेकम्पनीहरूसम्मको सहभागिता रहने यस पाँच दिने एक्सपोले अटो क्षेत्रका लागिसहकार्यर नवप्रवर्तनको महत्त्वपूर्णमञ्चको रूपमा काम गर्नेअपेक्षा गरिएको छ।
फोर्थिङ सँग सहकार्यगर्दै, लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुर् याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ। कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका खेल्न निरन्तर काम गरिरहेको छ।













