२४ भदौ २०८३, बुधबार

फक्सवागनका पावरफुल दुई मोडल भट्रस र टाईगुन नेपाली बजारमा



काठमाडौं । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल प्रा.लि.ले भट्रस सेडान र नयाँ टाईगुन गाडीको लञ्च गरेको छ ।

आजदेखि सुरु भएको नाईमा अटो शो २०२५ को अवर पारेर कम्पनीले नयाँ गाडी लन्च गरेको हो ।

यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

यी दुवै गाडीहरुको अनावरण नाईमा अटो शोमा रुपमा जर्मन दुतावासका महामहिम उदो भोल्ज गरेका थिए । अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरुमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सिसिबाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट ईन्जिन रहेको छ ।

भट्रस जि टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्याप ९ल्ऋब्ए० मा पाँच तारा पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ ।

फक्सवागन भट्रस सेडान

फक्सवागन भट्रस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात १८० मिमिको ग्राउण्ड क्लियरेन्सका साथ आउँदछ, जसले गर्दा खाल्डा खुल्डीहरुमा पनि गाडी छुने डर हुँदैन ।

बलियो च्यासिस, पावरफुल ईन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा शहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।

फक्सवागन टाईगुन जी टि एसयूभी

नेपालको बाटोमा सुहाउँदो, १८८ मिमिको ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभी सम्पूर्ण सुरक्षा तथा कम्र्फटका फिचरहरु राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल ईत्यादि रहेका छ ।

कार्यक्रममा वोल्क्स्वगेन ईन्डियाका ग्लोबल एक्स्पोर्ट हेड शेल्जी जोसेफले भने,‘यी दुवै मोडलले ठूला र साना यात्रुहरूको सुरक्षाका लागि ग्लोबल ण्कप बाट ५–तारेको रेटिङ प्राप्त गरेका छन्। साथै, फक्सवागन गु्रप नेपालको बजारप्रति पूर्ण प्रतिबद्ध छ भन्ने कुरा स्पेयर पाट्र्सको नयाँ मूल्यमा प्रस्ट देखिन्छ — अब भारतसरह मूल्यमा उपलब्ध हुँदा यसले ग्राहकहरूको मर्मत खर्च घटाउनेछ ।’


उनले थपे,‘हाम्रो एव पोर्टफोलियो विश्वभर निकै मजबुत छ, र हामी उपयुक्त समयमा ती मोडलहरू नेपालमा ल्याउने सम्भावनाबारे मूल्याङ्कन गर्दैछौं ।’

कार्यक्रममा बोल्दै आयातकर्ता पूजा ईन्टरनेशनलका सिईओ बिवेक विजुक्छे भन्छन्,‘फक्सवागन पावरफुल ईन्जिनका साथ नेपाली बजारमा जर्मन ईन्जिनियरङ्गको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले भट्रस सेडान तथा टाईगुन एस यू भी का साथ आएको छ । विगतमा जस्तै ग्राहकहरुको अत्याधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको छु ।’

फक्सवागन ब्राण्डका गाडीहरु सन् २००८ देखि बिक्री वितरण गर्दै आएको यस कम्पनीले विगतमा विश्व प्रसिद्ध मोडलहरु जस्तै पोलो, भेण्टो, टिगुआन, जेटा, पसाट, ट्वारेगहरुको सफलतापूर्वक बिक्री वितरण गर्दै आईरहेको छ । हाल यस कम्पनीको देशभरि प्रमुख शहरहरु जस्तै विराटनगर, नारायणघाट, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा सर्भिस तथा पार्टस् सेन्टर रहेको छ ।