२४ भदौ २०८३, बुधबार

नेपालमा महिन्द्राका नयाँ विद्युतीय एसयुभि बीई ६ र एक्सइभी ९ई सार्वजनिक



काठमाडौं। संसारभरि विद्युतीय गाडीहरूको क्रान्तिमा अगाडि रहेका महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफ्ना अत्याधुनिक इलेक्ट्रिक एसयुभिहरू बीई ६ र एक्सइभी ९ई प्रस्तुत गरेको छ। यी दुवै गाडी इङ्ग्लो नामको नयाँ प्लेटफर्ममा आधारित छन् र माया नामक सबैभन्दा स्मार्ट अटोमोटिभ प्रणालीबाट सञ्चालित छन्। महिन्द्राले यी गाडीहरू ल्याएर नेपाली विद्युतीय सवारीको युगमा नयाँ अध्यायको सुरुवात गरेको छ।

तीन फरक संस्करणमा आउने बीई ६ र विभिन्न प्रकारमा उपलब्ध एक्सइभी ९ई को बुकिङ प्रक्रिया सुरु भइसकेको छ। यी गाडीहरूको विक्री तथा सेवा नेपालको लागि अधिकृत वितरक अग्नि ग्रुपमार्फत हुनेछ। कम्पनीका वरिष्ठ पदाधिकारीहरूले यी गाडीहरू नेपाली ग्राहकहरूको भविष्यमुखी आवश्यकता, प्रविधि मोह र आरामदायक जीवनशैलीलाई लक्षित गरेर ल्याइएको बताएका छन्।

महिन्द्राको डिजाईन दर्शन, जुन भावनात्मक सौन्दर्यसँग प्रविधिको संयोजनमा केन्द्रित छ, बीई ६ र एक्सइभी ९ई मा स्पष्ट झल्किन्छ। पहिलो गाडी साहसी र पर्फमेन्स खोज्नेहरूका लागि डिजाइन गरिएको छ भने दोस्रो गाडी लक्जरी र शालीनतालाई प्राथमिकता दिनेहरूका लागि हो। दुवै गाडीले चालकसँग गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेका छन्।

बीई ६ र एक्सइभी ९ई मा उपलब्ध विभिन्न इन्टरनल सुविधाहरूले गाडीभित्रको अनुभवलाई विशेष बनाएको छ। ट्रिपल स्क्रिन डिस्प्ले, रेस-रेडि ककपिट, स्मार्ट थिमहरू, विशेष साउन्ड सिस्टम, र नयाँ प्रकारका सस्पेन्सन तथा ब्रेकिङ प्रणालीहरूले यी गाडीहरूलाई पृथक बनाउँछन्। विशेष गरी एक्सइभी ९ ई मा राखिएको अडभान्स्ड एडास सुविधा र अग्मेन्टेड-रियालिटी डिस्प्लेले गाडीलाई स्मार्ट प्रविधिको पराकाष्ठासम्म पुर्याएको छ।

यसका अतिरिक्त, दुवै गाडीमा रहेको उच्च क्षमता भएको ब्याट्रीले लामो दूरीको यात्रालाई सहज बनाउनेछ। बीई ६ मा करिब ५५७ किलोमिटर र एक्सइभी ९ई मा झण्डै ६५६ किलोमिटरको प्रमाणित रेन्ज रहेको छ। यी ब्याट्रीहरूमा लामो समयको वारेन्टि दिइएको छ, जसले प्रयोगकर्तालाई विश्वस्त पार्दछ।

स्मार्ट इन्टेलिजेन्समा आधारित माया नामको प्रणाली, शक्तिशाली चिपसेट, उच्च गतिको प्रोसेसर र व्यापक कन्टेक्टिभिटी सपोर्टले गर्दा गाडी चलाउने अनुभव केवल यात्रामा सीमित नरहेर, डिजिटल जीवनशैलीको निरन्तरता बन्न पुगेको छ। गाडीको सबै तत्व, चाहे त्यो ड्राइभिङ होस् या मनोरञ्जन, सबै इन्टिग्रेटेड प्रणाली अन्तर्गत समायोजन गरिएको छ।

महिन्द्राले प्रस्तुत गरेका यी दुई इलेक्ट्रिक एसयुभिहरू, नेपाली सवारी बजारमा केवल प्रविधिको झलक मात्रै होइन, भविष्यको आकांक्षा र जीवनशैलीको परिचायक बन्नेछन्। बीई ६ र एक्सइभी ९ई मार्फत महिन्द्राले नेपाललाई विद्युतीय सवारीको आधुनिक युगतर्फ डोर्याएको छ।