मेरो माइक्रोफाइनान्स लघुवित्तले कमायो ३३ करोड नाफा, लाभांश क्षमता कति ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीको नाफा झन्डै साढे ४८ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीको खुद नाफा ४८.२९ प्रतिशत बढेर ३३ करोड २ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । कम्पनीले अघिल्लो आवमा भने २१ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि १९.१३ प्रतिशत बढेर १ अर्ब ५ करोड ३ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा ५३.४८ प्रतिशत बढेर ३३ करोड २ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको वितरणयोग्य नाफा ११ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ७.९७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १५.२३ रुपैयाँ छ । अघिल्लो आवको तुलनामा इपिएस ४.१९ रुपैयाँ बढेको हो । यता, प्रतिसेयर नेटवर्थ भने १५८.११ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ८२ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको निक्षेप ३.५१ प्रतिशत बढेर १२ अर्ब १८ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि ९.१७ प्रतिशत बढेर १५ अर्ब १ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।













