पाँचौं दिनमा नाइमा एक्स्पोः ८ लाख नगद छुट लगायतको अफरले हुन्डाईका स्टलमा भिडभाड
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा हुन्डाईले आफ्नो नयाँ ‘असर अगस्ट’ योजना अघि सारेको छ ।
कम्पनीले नेपाली ग्राहकलाई आकर्षक अफर र विशेष छुटको अवसर उपलब्ध गराएको छ ।
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई असर अगस्ट’ योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र अन्य विशेष छुटहरूको फाइदा लिन सक्नेछन् । यसका साथै, सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
एक्स्पोको पाँचौं दिनसम्म पुग्दा हुन्डाईका स्टलमा पनि गा्रहकको भिडभाड उत्तिकै देखिन्छ । योजनाले गाडी खरिद गर्ने इच्छुक ग्राहकलाई मात्र नभई नयाँ यात्रा र अनुभवको अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत बम्पर पुरस्कारको रूपमा एक जोडीलाई भियतनाम भ्रमणको अवसर दिइनेछ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ ।
यसका अतिरिक्त नाइमा एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । यससँगै, स्टलमा गाडी बुक गर्ने ग्राहकहरूलाई दैनिक विशेष उपहार पनि प्राप्त हुनेछन्, जसमा बोस वासिङ मेसिन ह्याम्पर जस्ता आकर्षक उपहारहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

हुन्डाईका स्टलमा ग्राहकको भिड, नयाँ मोडल र आधुनिक सुविधाहरू
हुन्डाईले नेपाली बजारमा आफ्नो ग्राण्ड आई १० एनआईओएस, भेन्यू, क्रेटा इलेक्ट्रिक, क्रेटा आइसीई र आयोनिक ५ जस्ता आधुनिक र प्राविधिक दृष्टिले अगाडि रहेका मोडलहरू प्रदर्शनीमा राखेको छ ।
ग्राहकलाई नयाँ गाडी खरिदको निर्णयमा थप आकर्षित गर्ने विश्वास कम्पनीको विश्वास छ । नाइमा एक्स्पोमा हुन्डाईका स्टलहरू ग्राहकको प्रमुख आकर्षण बनेका छन् ।












