१४ कार्तिक २०८३, शनिबार

राजनीतिमा होमिँदै विवादास्पद व्यवसायी प्रसाईं, नयाँ राजनीतिक दल खोल्ने तयारी



काठमाडौं । विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने तयारीमा रहेको घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियानभन्दा अगाडि बढेर संगठित राजनीतिको बाटो रोज्ने बताएका हुन् ।

नेपाल र नेपालीका लागि अब राजनीतिक परिवर्तन जरुरी भएको महसुस भएको भन्दै प्रसाईंले केही समयमै नयाँ दलको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

डिल्लीबजार कारागारबाट छुटिएको दुई सातामै सार्वजनिक भएका प्रसाईंले अघिसम्मको अभियानमा राज्यबाट अवरोध आइरहेको भन्दै अब औपचारिक दल खोली राजनीतिमा सक्रिय हुने बताएका हुन् ।

उनको नेतृत्वमा बन्ने दलको मोडल, एजेन्डा र संरचनाबारे भने विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन् ।