१ कार्तिक २०८३, आइतबार

भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर



काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग– २०८२ को टाइटल स्पोन्सर बनेको छ ।

भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने यो प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोट्र्स पार्क चुनिखेलमा हुनेछ ।

प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्स सहितका २० कर्पोरेट टिम सहभागी हुनेछन् ।

घरायसी प्रयोजनका लागि देशभर लोकप्रिय बनेको भायानेट पछिल्लो समय कर्पोरेट क्षेत्रमा समेत विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित भएको छ ।

कम्पनीले होटल तथा हस्पिटालिटी, बैंक तथा वित्तीय संस्था, उद्योग, सेवा तथा शैक्षिक संस्थासहित निजी क्षेत्रका विभिन्न संघ–संस्थालाई कनेक्टिभिटी सेवा प्रदान गर्दै आएको छ ।

यसै क्रममा, भायानेटले कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सरशिपलाई कर्पोरेट क्षेत्रसँगको सम्बन्ध अझ घनिष्ठ बनाउने अवसरका रूपमा लिएको छ ।