इटहरी, बुटवल र भैरहवामा पनि कर्फ्यू
काठमाडाैं । सरकार विरूद्व जेनजीकाे प्रदर्शन उग्र बनेपछि इटहरी, बुटवल र भैरहवामा पनि कर्फ्यु जारी भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो। भने इटहरीको आन्दोलन पनि हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
कर्फ्यु आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।












