२३ भदौ २०८३, मंगलबार

त्रिभुवन विमानस्थलमा नियमित उडान र अवतरण, भीआईपी सेवा बन्द



काठमाडौँ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान तथा अवतरण सञ्चालनमा रहेको छ ।

विमानस्थल कार्यालयले सूचना जारी गर्दै सबै यात्रुलाई नियमित प्रक्रियाबाट प्रस्थान र आगमन गर्न आग्रह गरेको छ । तर, विमानस्थलमा भीआईपी सुविधा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ ।

असहज परिस्थितिका कारण सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिइएको छ ।