२३ भदौ २०८३, मंगलबार

निषेधाज्ञा नलागेको समयमा पनि जुलुस, धर्ना र प्रदर्शन गर्न निषेध



काठमाडाैं । शुक्रबार नयाँ सरकार गठन विभिन्न पक्षबीच चरणवद्ध छलफल भइरहेकाे छ ।

जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि विकसित घटनाक्रमका कारण उत्पन्न राजनीतिक रिक्तता पूर्ति गर्न र नयाँ सरकार गठनको विषयमा विभिन्न पक्षबीच छलफल जारी छ ।

जेनजी पक्षले नयाँ सरकारको नेतृत्व गर्न भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको छ भने उनको नाममा सहमति भएको विवरणहरू पनि आएका छन् । तर अहिलेसम्म कुनै ठाेठ सहमति भने भइसकेकाे छैन ।

यसैबीच नेपाली सेनाले शुक्रवार काठमाडाैं उपत्यकाका तीन जिल्लामा शुक्रवार पनि समय तोकेर निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू तथा निषेधाज्ञा नलागेको समयमा पनि जुलुस, धर्ना, प्रदर्शन गर्न पूर्णतः निषेध गरिएको छ ।

उपत्यकाबाहिर सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिएबमोजिम व्यवस्था गरिएकाे छ ।