धौलागिरी लघुवित्तको नाफामा व्यापाक सुधार, इपिएस लगायतका सूचक कस्ता ?
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा दोब्बर वृद्धि भएको छ ।
मंगलबार कम्पनीले प्रकाशन गरेको चाुल आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीको नाफा २५ लाख ९५ हजार रुपैयाँ धनात्मक छ । जबकि, गत आवको पहिलो त्रैमासमा कम्पनीले १ करोड २६ लाख रुपैयाँ नोक्सानीमा थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ७८.१९ प्रतिशत वृद्धि भई ३ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीकिो वितरणयोग्य नाफा १० लाख ७० हजार रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ छ ।
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ८६ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरि २ अर्ब २३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल कम्पनीसँग ९.७७ प्रतिशत खराब कर्जा छ ।
यस्तै, प्रतिसेयर आम्दानी ७.८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७१.७५ रुपैयाँ कायम भएको छ ।
















