कस्तो छ लक्ष्मी सनराइज बैंकको वित्तीय अवस्था ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कस्तो छ लक्ष्मी सनराइज बैंकको वित्तीय अवस्था ?



काठमाडौं । लक्ष्मी सनराइज बैंकले तीन महिनामै बैंकले ३३ करोड बढी नाफा कमाएको देखिन्छ । बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ३८.०४ प्रतिशत कमी हो । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकले ५३ करोड ६३ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने सामान्य बढेको देखिन्छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १.५९ प्रतिशत बढेर २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा बैंकले यस्तो आम्दानी २ अर्ब ६७ करोड २७ लाख रुपैयाँ रहेको थियो । यता, बैंकको संचालन नाफा भने ४२.११ प्रतिशत घटेर ४३ करोड ८१ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।

हाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने २० अर्ब ६६ करोड ८६० लाख रुपैयाँ राखेको छ ।

हाल बैंकसँग ५.४२ प्रतिशत खराब कर्जा छ । यता, हाल बैंकको प्रतिसेयर आम्दानी ५.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ छ ।
समिक्षा अवधिमा आइपुग्दा बैंकको निक्षेप २.१७ प्रतिशत बढेर ३ खर्ब ७५ अर्ब ९६ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा प्रवाह पनि २.६७ प्रतिशत बढेर २ खर्ब ८२ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्