शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत
काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकको १० वर्ष अवधिको ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले ८ प्रतिशत ब्याजदर भएको अंकित तथ चुक्ता मूल्य १ हजार दरका कुल १० लाख कित्ता ऋणपत्र (शाइन रेसुङ्गा डिवेन्चर) सूचीकृत गराएको छ । अब उक्त ऋणपत्र भोलि अर्थात् कात्तिक २५ गतेबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।














