रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट



काठमाडाैं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए भने सबै आवेदनहरु स्वीकृत भएका थिए।

गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट आईपीओमा २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ।


प्रतिक्रिया दिनुहोस्