५२ लाख लिएर युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । ५२ लाख रुपैयाँ लिएर युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ठगी गर्ने लाल बहादुर बराइलीलाई पक्राउ गरेको हो ।
बराइली काठमाडौं–१२ बाट पक्राउ परेको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं मा पठाईएको प्रहरीले जनाएको छ ।
पोखरा–१५ स्थायी घर भएका बराइलीलाई ५२ लाख रुपैयाँ बिगो रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।












