सालपा विकास बैंकको आइपीओ बाँडफाँट
काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आइपीओ) आज शुक्रवार बाँडफाँट भएको छ ।
कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ शुक्रवार बाँडफाँट भएको हो ।
सालपाको आइपीओमा ६७ हजार ६५५ जनाको आवेदन परेकोमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अरु आवेदन रीतपूर्वक नपरेको भन्दै रद्द गरिएको छ ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा १७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यी मध्ये ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् ।
सालपाको बिक्री प्रबन्धक मुक्तिनाथ विकास क्यापिटल रहेको छ ।













