सालपा विकास बैंकको आइपीओमा सर्वसाधरणले पुस १६ गतेदेखि भर्न पाउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सालपा विकास बैंकको आइपीओमा सर्वसाधरणले पुस १६ गतेदेखि भर्न पाउने



काठमाडौं । सालपा विकास बैंकले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) पुस १६ गतेदेखि बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको हो ।

दोस्रो चरणमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गर्ने भएको छ । बैंकले ५ प्रतिशतले हुनआउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ ।

कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ शुक्रवार बाँडफाँट गरिसकेको छ ।

सालपाको आइपीओमा ६७ हजार ६५५ जनाको आवेदन परेकोमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अरु आवेदन रीतपूर्वक नपरेको भन्दै रद्द गरिएको थियो ।

गोलाप्रथाबाट बाँडफाँड गर्दा १७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यी मध्ये ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका थिए ।

सालपाको बिक्री प्रबन्धक मुक्तिनाथ विकास क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्