कैलाश हेलीकप्टरले आइपीओ ल्याउने
काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेस लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आइपीओ पारितको प्रस्ताव सहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले पुस २८ गते साधारण सभा गर्ने भएको छ ।
सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पािरत गर्ने छ । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ बिक्री गर्ने प्रस्ताव समेत पास गर्ने छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ का लागि चुक्ता पुँजीको २० प्रतिशत बराबर हुने ६ करोड ३० लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिन प्रस्ताव पनि पारित गर्ने छ ।













