अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सभा आह्वान, हकप्रद शेयर निष्काशनको प्रस्ताव  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सभा आह्वान, हकप्रद शेयर निष्काशनको प्रस्ताव 



काडठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पुस ३० गते बुधवार बिहान ९:३० देखि काठमाडौं पुरानो बानेश्वरमा रहेको काजीको किचेनमा गर्ने भएको हो । 

कम्पनीले सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०७९–०८०, २०८०–०८१ र २०८१–०८२ को तेस्रो, चौथो र पाँचौँ वार्षिक सभा गर्ने भएको हो । कम्पनीले सोही वर्षको वार्षिक प्रतिवेदन, लेपरीक्षकको प्रतिवेदन, नाफा, नोक्सान छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 

कम्पनीको विशेष प्रस्तावको रूपमा हकप्रद शेयर निष्काशन गर्ने रहेको छ । कम्पनीले चुक्ता पुँजीको १:१.५ अुनपातमा हकप्रद शेयर निष्काशनको एजेन्डा पारित गर्ने छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोजको मिति समेत तोकेको छ । पुस २० गतेसम्म कायम हरेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयरमा भाग लिन पाउने छन् । 


प्रतिक्रिया दिनुहोस्