अंग्रेजी नयाँ वर्षलाई शेयर बजारको रातो झन्डा, नेप्से १२ अंकले घट्यो
काठमाडौं । आज अंग्रेजी नयाँ वर्षको दिन शेयर बजारले भने रातो झन्डा देखाएर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ०.४८ प्रतिशतले घटेर परिसूचक २६२०.९२ विन्दुमा पुगेको छ ।
आज ४ अर्ब ७१ करोड २९ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३३६ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ४०७ पटक शेयर किनबेच भएको छ ।













