रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँड  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँड 



काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता बिक्रीमा राखेको थियो । 

जसमा ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकोमा १३ हजार ८४२ जनाको आवेदन रद्द भई ५ लाख १९ हजार ४६ जनाको आवेदन स्वीकृत भएको थियो । 

स्वीकृत आवेदकमध्ये १८ हजार ४९५ जनाले ५०/५० कित्ताका दरले र सोहीमध्येका १८ जनाले थप १/१ कित्ता गरी ५१ कित्ता पाएका छन् । 

बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल रहेको छ । 


प्रतिक्रिया दिनुहोस्