सोलु हाइड्रोपावरले आइपीओ पुस २९ गतेदेखि बिक्री गर्ने  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोलु हाइड्रोपावरले आइपीओ पुस २९ गतेदेखि बिक्री गर्ने 



काठमाडौं। सोलु हाइड्रोपावरले सर्वसाधारण लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले यही पुस २९ गतेदेखि आइपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरका २ करोड कित्ता आइपीओ निष्काशन लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्