सुपर खुदी हाइड्रोपावरकाे आइपीओ बिक्री खुला, क-कसले दिन पाउँछ आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुपर खुदी हाइड्रोपावरकाे आइपीओ बिक्री खुला, क-कसले दिन पाउँछ आवेदन ?



काठमाडौं । आजदेखि सुपर खुदी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

जसमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता साधारण शेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिकाको वडा नं २ र ३ का स्थानिय बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण शेयर मर्स्याङ्दी गाउँपालिका वडा नं १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५५ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले छिटोमा पुस २५ गतेसम्म र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्