सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओमा आवेदन दिने आज अन्तिम माैका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओमा आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिककाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आजसम्म आवेदन दिन सकिने छ।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो शेयर खरिदका लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडावासी स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्