वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख कित्ता आइपीओ निष्काशन गर्दै होटल फरेष्ट इन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख कित्ता आइपीओ निष्काशन गर्दै होटल फरेष्ट इन



काठमाडाैं । आउँदो माघ ४ गतेदेखि होटल फरेष्ट इनले पहिलो चरणकाे आइपीओ निष्काशन गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले यो होटललाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर जारी गर्न अनुमति दिएको छ।

त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गर्न लागेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिन सक्नेछन्।

आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। होटल फरेष्ट इनको आइपीओ निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस्