सुपर खुदी हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम माैका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुपर खुदी हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । सुपर खुदी हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज (पुस २५ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने छ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५५ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्