८ कार्तिक २०८३, आइतबार

१ लाख कित्तासम्म आवेदन दिन मिल्ने आइपीओ निष्काशन, क-कसले भर्न पाउँछन् ?



काठमाडौं । आज (पुस २५ गते) देखि पाल्पा सिमेन्ट इन्डस्ट्रिजकाे आइपीओ आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा आज आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेन्टलाई ७५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आइपीओ ल्याउन अनुमति दिएको थियो।

कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता र सर्वसाधारणलाई छुट्याइएको ५६ लाख २५ कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गर्नेछ।

यो आइपीओमा दुवै समूहले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।

स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते हनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आइपीओ निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ।