सालपा विकास बैंक आइपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सालपा विकास बैंक आइपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?



काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले उक्त आइपीओ बाँडफाँड गरेको हो । 

कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता आइपीओ बिक्री गरेकोमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमा २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको थियो । 

आइपीओ १ लाख ४३ हजार ९१७ जनाले १०/१० कित्ताका दरले र यीमध्येबाट ९ जना आवेदकले थप १/१ कित्ता गरी कुल ११ कित्ता शेयर पाएका हुन् । 

आइपीओको रिजल्ट भने तल दिएको लिंकमा गएर हेर्न सकिन्छ । 

सीडीएस एन्ड क्लियरिङ : https://iporesult.cdsc.com.np/

मुक्तिनाथ क्यापिट: https://www.globalimecapital.com/#home  

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्