सोलु हाइड्रोपावरकाे आइपीओमा आवेदन दिने आज अन्तिम माैका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सोलु हाइड्रोपावरकाे आइपीओमा आवेदन दिने आज अन्तिम माैका



काठमाडौं। सोलु हाइड्रोपावरकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आज बैंकिङ अवधिसम्म आवेदन दिन सकिने छ।

कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई साधारण शेयर जारी गरेपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो।

यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्