शिखर पावर डेभलपमेन्टको आइपीओ भर्ने आज अन्तिम दिन  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शिखर पावर डेभलपमेन्टको आइपीओ भर्ने आज अन्तिम दिन 



काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ ६ गते देखि आज ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ निष्कासन गरेको थियो । 

प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख कित्ता आइपीओ जारी गरेको छ । जसमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ८० हजार कित्ता र विदेशमा काम गर्न गएका नेपालीलाई २ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा राखेको छ । 

आइपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । आयोजना प्रभावितको छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते रहेको छ । 

शिखर पावरले ४.९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ र प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१.७० रुपैयाँ रहेको छ । यो आयोजनाको लाइसेन्स २९.०८ वर्ष अझै बाँकी छ भने आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६४ वर्ष रहको छ ।


प्रतिक्रिया दिनुहोस्