पाल्पा सिमेन्टको आइपीओमा आवेदन दिने समय थप - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पाल्पा सिमेन्टको आइपीओमा आवेदन दिने समय थप



काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई जारी गरेको साधारण शेयर .(आइपीओ)मा आवेदन दिने समय थप रेको छ ।

पुस २५ गतेदेखि आयोजना प्रभावितका लागि बिक्री खुल्ला गरेकोमा माग गरिएजति आवेदन नपरेपछि माघ ११ गते सम्म आवेदन दिने समय थप गरिएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पुस २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजाररुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्