स्नो रिभर्सले पायाे १८ करोड ७५ लाख रूपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

स्नो रिभर्सले पायाे १८ करोड ७५ लाख रूपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति



काठमाडौं । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ १८ गते आइतबार कम्पनीलाई प्राथमिक सेयर जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।

बोर्डको अनुमतिसँगै अब कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि जारी गर्नेछ। यसअन्तर्गत कम्पनीले १०० रुपैयाँ अंकित मूल्य कायम भएका १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।

प्रचलित नियम अनुसार, कम्पनीले आफ्नो सेयर निष्कासन कार्यलाई दुई चरणमा पुरा गर्नेछ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर छुट्ट्याइनेछ। यी दुवै समूहलाई सेयर बाँडफाँट गरिसकेपछि मात्र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आवेदन खुला हुनेछ।

कम्पनीले यो आईपीओ प्रक्रियालाई अघि बढाउन निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्