२५ भदौ २०८३, बिहिबार

शेयर बजार साढे १३ अंकले बढ्यो 



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १३ अंकले बढेको छ । आज नेप्से ०.४८ प्रतिशतले बढेर २८१२.३४ विन्दुमा पुगेको छ । 

आज दिनभरमा १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर कारोबार भएको छ । 

आज १३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।