चालु खाता साढे ५ खर्ब र शोधनान्तर स्थिति साढे ६ खर्बमाथिले बचतमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चालु खाता साढे ५ खर्ब र शोधनान्तर स्थिति साढे ६ खर्बमाथिले बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारको चालु खाता साढे ५ खर्ब रुपैयाँले बचतमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउनदेखि फागुन मसान्तसम्मको अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले बचतमा रहेको छ ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।

यस्तै फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ६१ करोडले बचतमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्