आज पनि घट्यो शेयर बजार, कारोबार पनि करिब ५ अर्बमा सीमित
काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७३ अंकले घटेर बन्द भएको हो ।
नेप्से ०.२० प्रतिशतले घटेर २७३८.७२ विन्दुमा पुग्दा कारोबारमा पनि कुनै उत्साह देखिएको छैन । आज दिनभरमा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बजार बन्द हुँदासम्म ३४६ वटा कम्पनी कारोबारमा आउँदा ८० हजार ४२७ पटक शेयर किनबेच भएको छ ।













