चितवन अटो सोमा दर्जनौँ मुख्य ब्रान्डको सहभागिता (फोटो फिचर)
काठमाडौँ । चितवनको नारायणगढस्थित टेलिकम रोडमा जारी चितवन अटो सो २०२६ आजदेखि सुरु भएको छ ।
बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन गरेको अटो सोमा मुख्य बजारमा चलेका ब्रान्डहरूको सहभागिता रहेको छ ।
चितवन अटोमोवाइल एसोसिएसनले आयोजना गरेको सो को दोस्रो संस्करण आगामी सोमबारसम्म चल्नेछ ।
पाँच दिनसम्म चल्ने अटो सोमा ओमोडा जेकोको रोवटिक डग मुख्य आकर्षण रहेको छ । त्यस्तै एमएडव्लुले प्रदर्शन गरेको युनिट्रको रोवटले दर्शको ध्यान खिचेको छ ।
दोस्रो अटो सोले चितवनको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने प्रदर्शनीका संयोजक राजन पियाले बताए ।
महिन्द्राको मुख्य प्रायोजन रहेको सो मा ओमोडा जेको, डिपाल, एमजी, सुजुकी, लिपमोटर, नामी, दङफिङ, महिन्द्रा, हुण्डाइ, फोटोन, टिभिएसका बाइक तथा टेम्पु, प्रोटोन इमास सेवेन, यामाहा, रेयलइन्फिल्ड बाइक, अप्रिला भेज्पालगायत ब्रान्डहरुको सहभागिता रहेको छ ।

तस्बिर:अनुषा भट्टराई/चितवन






















