आज शेयर बजार बढ्यो, कारोबार ३ अर्बमा सीमित  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आज शेयर बजार बढ्यो, कारोबार ३ अर्बमा सीमित 



काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । तर कारोबार भने घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अंकले बढेर बन्द भएको छ । 

आज नेप्से ०.३२ प्रतिशतले बढेर २७१२.८६ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा कारोबार रकममा भने मन्दी छाएको छ । 

आज दिनभरमा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको ७७ लाख ३४ हजार १२ कित्ता शेयर मात्र कारोबार भएको छ । 

बजार बन्द हुँदा भने १६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । १६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 


प्रतिक्रिया दिनुहोस्