करिब ७ अंकले बढ्यो नेप्से, कारोबार भने ३ अर्ब पनि पुगेन  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

करिब ७ अंकले बढ्यो नेप्से, कारोबार भने ३ अर्ब पनि पुगेन 



काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९४ अंकले बढेको छ । आज नेप्से ०.२५ प्रतिशतले बढेर २७१८.१६ विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा कारोबार रकम भने ३ अर्ब पनि पुगेको छैन । आज दिनभरमा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको ६६ लाख ८४ हजार ७ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३३४ वटा कम्पनी कारोबारमा आउँदा ४५ हजार ६५ पटक शेयर किनबेच भएको छ । 


प्रतिक्रिया दिनुहोस्