आगामी बजेटका लागि राष्ट्र बैंकद्वारा अर्थमन्त्रीसमक्ष आर्थिक तथा वित्तीय प्रतिवेदन पेस
काठमाडाैं । आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेस गरिएको छ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले उक्त प्रतिवेदन बुझाएका हुन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) मा सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाका सम्बन्धमा प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था र ऐनको दफा ५ बमोजिम बैंकले सरकारलाई यो प्रतिवेदन उपलब्ध गराएको हो।













